काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ ।
आज बजार बन्द हुँदासम्म नेप्से परिसूचक ११.७७ अङ्कले वृद्धि भई २६२९.८१ को बिन्दुमा पुगेको छ।
आजको बजारमा कारोबार रकम सामान्य देखिएको छ । दिनभरिमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरिमा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।
आजको बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दा कुल १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
आजको बजारमा नेपाल ल्युब आयल सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। त्यसैगरी, सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनीहरू पनि सर्वाधिक कमाउनेको सूचीमा छन्।










प्रतिक्रिया दिनुहोस्