काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका भारतको दिल्लीका करिब ४६ वर्षीय असलम शोकतलाई विमानस्थल परिसरमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
शङ्का लागेर चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) भित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा उक्त सुनजस्तो देखिने पदार्थ फेला परेको थियो ।
अवैध रूपमा भित्र्याउन खोजिएको उक्त पदार्थसहित नियन्त्रणमा लिइएका शोकतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्