Banner News

कांग्रेस अब परिणाममुखी काममा केन्द्रित हुन्छ: सभापति थापा



ललितपुर, १३ कार्तिक । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरे।

“कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ”, उनले भने ।