समाचार

आजको राशिफल



काठमाडौँ, २८ कार्तिक । २०८३ साल कात्तिक २८ गते शनिबारको राशिफल ।  

मेष : दिन राम्रो छ । तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । जोगिएर काम गर्नुपर्ने दिन छ । संकटमा बन्धुको साथ मिल्नेछ । दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ ।

मिथुन : दिन सहज छ । आफ्ना कारणले आफूलाई घाटा नहुने दिन छ । शुभ कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । मनमा शान्ति प्राप्त हुनेछ । स्वास्थ्यले राम्रो दिनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने छ ।

सिंह : दैनिकी सहज छ । परिवारले निगरानी गरेको देखिन्छ । साथी र संगठनले साथ दिनेछन् । व्यापारमा अघि बढ्ने हिम्मत गर्नु पर्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ । इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ । अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर बन्ने जोखिम छ ।

तुला : बोलीको प्रभावले राम्रो काम बन्नेछ । मानसम्मान प्राप्त हुनेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारभित्र दाजुभाइसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । आज तपाईंले थोरै बोलेर प्रगति हुने योग छ । लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ । परिवार भित्रको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

धनु : दिन राम्रो छ । साथीमार्फत आफ्नो काम गर्नु राम्रो हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । आफ्ना बन्धु र दिदी बहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । बढी विश्वास गर्नाले घात हुने जोखिम छ ।

कुम्भ : व्यापारमा फाइदा हुने योग छ । परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ । आम्दानीको स्रोत भेटिँदा मनमा खुसी मिल्नेछ । मन मिल्ने साथीसँगको सहकार्यले व्यापारमा नाफा हुनेछ ।

मीन :  मनमा राम्रा भावनाको विकास हुनेछ । त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ । परिवारको व्यवस्थापनमा अग्रसर हुनु पर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने समय छ ।