समाचार

आजको मौसम



काठमाडौँ, ५ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई  क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। 

त्यस्तै राति कोशी प्रदेशको तराई क्षेत्रमा लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।