राजनीति

नेपाल–भारत सम्बन्ध ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ : परराष्ट्र मन्त्रालय



काठमाडौँ, ११ मंसिर । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई समय सापेक्ष अघि बढाउन र नेपाल भारत सीमा समस्याको समाधान खोज्न मार्गनिर्देश गरेको जनाएको छ । 

आज परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दै प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले दुई देशबीच भएका समझदारी कार्यान्वयनका सवालमा साउथ एसिया महाशाखाबाट पत्राचार भैसकेको बताए । 

इपीजी प्रतिवेदनका सन्दर्भमा सोधिएको प्रश्नमा पौडेलले दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा समेत गरिएको बताए ।  

उनले भने, ‘नेपाल भारत सम्बन्धलाई समयसापेक्ष एवं समग्रतामा अगाडि बढाउन ज्वाइन्ट भिजन डकुमेन्टले दिशानिर्देश गर्छ’, ‘दुई प्रधानमन्त्रीज्युले नेपाल भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भहरुको मर्मत सम्भार लगायतको कार्य उल्लेख गर्नु नै भएको छ ।’