मकवानपुर, ३१ चैत । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ ।
आइतबार एक कार्यक्रमका बिच आयोग मकवानपुरले बकैया–७ भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनी पुर्जा वितरण गरिएको हो । पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको हो ।
बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । आयोग मकवानपुरले बकैया-७ का भूमिहीन सुकुम्वासीलाई न्यूनतम २ धुरदेखि अधिकतम ५ कट्ठा सम्म जग्गा उपलब्ध गराएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्