अर्थ

८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात



काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँको ४१५३.१५ मेट्रिक टन अलैँची निर्यात भएको उल्लेख छ । 

विभागको तथ्यांक अनुसार अलैँचीको निर्यात मूल्य र परिमाण दुवै बढेको छ । चालु वर्ष निर्यात भएको अलैँचीको कुल मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढी छ। त्यसैगरी, निर्यात परिमाण पनि ११२४.६६ मेट्रिक टनले वृद्धि भएको छ ।