काठमाडौँ, १३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला रु ५ हजार ७ सय १५ पुगेको छ । मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला रु १३० ले वृद्धि भएको महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सयमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्