समाचार

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १५ फागुन । गोरखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अजिरकोट गाउँपालिका–१, ताराखोलामा बा २० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार (फागुन १५) दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–६, तलेखु बस्ने ४१ वर्षीय जैबहादुर तामाङ छन् । उनले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।