काठमाडौँ, १६ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुलनजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । डेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्