अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।