काठमाडौँ, १७ फागुन । बजारमा स्याउको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्याउको मूल्य घटेको हो ।
हिजो शनिबारको तुलनामा आइतबार झोले स्याउको मूल्य घटेको छ । आज झोले स्याउको मूल्य प्रतिकिलो थोकमा अधिकतम २ सय ५० रुपैयाँ छ । औसतमा भने २ सय १६ रुपैयाँ कायम छ । हिजो शनिबार प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ तथा औसतमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
फुजी स्याउको भाउ स्थिर छ । थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ तथा औसतमा भने २ सय ७५ रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्