समाचार

हतियारसहित एक जना पक्राउ   



काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेका छन् ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट उनलाई हतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ । सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ ।