अर्थ

परिसूचक नेप्सेमा ३८.५२ अंकको वृद्धि



काठमाडौँ, १९ फागुन । आज सेयर बजार परिसूचक (नेप्से)मा ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ । 

यस्तै यस दिन ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली देखिएको छ  । नेप्सेका अनुसार आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।