Banner News

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा बुझाइने



काठमाडौँ, २३ फागुन । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले भोलिसम्ममा प्रतिवेदन बुझाउने भएको छ ।

आयोगका एक पदाधिकारीका अनुसार ‘प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम गरिरहेको र आज अपराह्नसम्म त्यो काम सकिनेछ र मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउने भएको छ ।

अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।