समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २५ फागुन । सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कविलासी नगरपालिका-७ गैरस्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

गैरबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक कविलासी नगरपालिका-८ का २३ वर्षीय पपु साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।