काठमाडौँ, २६ फागुन । लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको जिपले च्यापेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको हो ।
आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर गुरुङ घाइते भएका थिए । तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्