काठमाडौँ, २७ फागुन । बजारमा अंगुरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अंगुरको मूल्य बढेको हो ।
बजारमा कालो र हरियो गरी दुई प्रकारका अंगुर किन्न पाइन्छ । आज हरियो अंगुरको मूल्य हिजोको तुलनामा प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ९५ रुपैयाँमा किनबेच भएको हरियो अंगुरको मूल्य आज २ सय १० रुपैयाँ कायम छ ।
यसैगरी, कालो अंगुरको भाउ पनि आज प्रतिकिलो थोकमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको कालो अंगुरको आज ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्