काठमाडौँ, २९ फागुन । झापामा हावाहुरीले ढलेको रूखले किचेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी छन् । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको थियो ।










प्रतिक्रिया दिनुहोस्