समाचार

ट्रक र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, २९ फागुन । नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।