समाचार

पत्रकारलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ



झापा, ३० फागुन । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, पाठकले रातोपाटी डटकम, कोसी प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए ।