काठमाडौँ, १ चैत । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ ।
महानगरपालिका वडा नं १५ को आयोजनामा शनिबार भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो ।
वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठमन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त सम्पदा तथा अमूर्त सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार यस वर्ष भूइँखेल, भूकम्प पार्क छाउनी, किमडोल, विजेश्वरी, डल्लु, डल्लु आवास गणेश स्थान, चमती दबू र अन्नपूर्ण क्षेत्र गरी आठ स्थानमा महोत्सव आयोजना गरिने छ । “महोत्सवले प्राचीन तर आझेलमा परेका स्मारकलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्न, स्थानीय उत्पादनको बिक्रीबाट वडावासीको आयआर्जनमा टेवा पुग्ने र स्थानीय प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा छ”, वडाध्यक्ष डङ्गोलले भने ।










प्रतिक्रिया दिनुहोस्