काठमाडौँ, २ चैत । बलात्कारको आरोपमा संखुवासभाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार संखुवासभामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका–३ बस्ने २० वर्षीय दावा शेर्पालाई आइतबार साँझ पक्राउ गरेको हो ।
शेर्पाले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्