समाचार

सामुदायिक वनमा एक युवक मृत फेला



काठमाडौँ, ४ चैत । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत फेला परेको हो ।

उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।