काठमाडौँ, ६ चैत । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् ।
निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । उनले लेखेका छन्, ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ ।










प्रतिक्रिया दिनुहोस्