समाचार

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



काठमाडौँ, ६ चैत । चितवनमा बोलेरोले मोटरसाइकल ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

प्रहरीका अनुसार जिल्लाको राप्ती नगरपालिका–२ गड्यौलीस्थित सडकमा बा.प्र ०३–००३ प ७९७९ नम्बरको मोटरसाइकललाई प्र.२-०३-००१ च ७१२ नम्बरको बोलेरोले बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–२ गड्यौली बस्ने २७ वर्षीय दिपेश उप्रेतीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।