काभ्रे, ७ चैत । रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।
शनिबार बिहान ३: ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो । रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव सडकसम्म पुगेकाले पूर्ण रूपमा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य भइरहेको जनाइएको छ । file photo










प्रतिक्रिया दिनुहोस्