समाचार

ट्रक दुर्घटनामा परि ४ जना घाइते



बैतडी, ७ चैत । बैतडीमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजे जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीया निर्मला बिष्ट र उनका दुई छोरा वर्ष ७ का अभिषेक र ४ वर्षका प्रीन्स बिष्ट तथा ट्रक चालक पाटन-८ कै ३६ वर्षीय कृष्ण बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ ।