समाचार

बिपी राजमार्ग खुल्यो



काभ्रेपलाञ्चोक, ७ चैत । अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुन: सञ्चालनमा आएको हो ।

सवारी साधन सञ्चालन गरिए पनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको  अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।