समाचार

ठगी गरेको आरोप महिला पक्राउ



हेटौंडा, ७ चैत । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोलेलाई पक्राउ गरेर काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार विभागमा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताए ।