काठमाडौँ, ९ चैत । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबारराति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्