अर्थ

नेप्से ५ अङ्कले बढ्यो



काठमाडौँ, ९ चैत । आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको छ । 

आज कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य ओरालो लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त बैंकको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।