काठमाडौँ, ११ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले गरेको स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ । थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ ।









प्रतिक्रिया दिनुहोस्