समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न



काठमाडौँ, ११ चैत । मधेसको प्राचीन मिथिला क्षेत्रमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् ।

मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् ।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको बर्दिबास–१४ हटियाका ७५ वर्षीय रामअयोध्या साहले बताए ।