काठमाडौँ, ११ चैत । बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् ।
सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो । नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए ।
बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका एक हजारका नाेट नक्कली फेला परेक हो ।
कतिपय नम्बरका नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गरिएकाे छ ।









प्रतिक्रिया दिनुहोस्