काठमाडौँ, १२ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले बुधबार पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवाना गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो ।









प्रतिक्रिया दिनुहोस्