वीरगञ्ज, १२ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए ।
चालु आवको साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गर्यो । भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसैगरी, मंसिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।










प्रतिक्रिया दिनुहोस्