नवलपुर, १२ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–६ घुमरीघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुधबारराति नारायणगढबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लुप्र०१–००१ ज ०३६६ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बुलिङटार–६ खजुरीकी सपना कँडेल, तनहुँ घिरिङ–१ का राजेश कुमाल, सोही ठाउँका शीतल कुमाल, स्याङ्जा चापाकोट–९ की अस्मिता देवकोटा, स्याङ्जा वालिङ–१० का कृष्ण गैरे र पाल्पा रामपुर–२ सिताकुण्डकी सलिना राना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि रकुवा स्वास्थ्य चौकी डेढगाउँ पठाएको छ । चालक पाल्पा रामपुर नगरपालिका–२ का २९ वर्षीय ताराबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्