काठमाडौँ, १२ चैत । बजारमा अमलाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अमलाको मूल्य बढेको हो ।
आज बिहीबार अमलाको मूल्य थोकमा प्रतिकिलो ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा १ सय ५५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय ९० रुपैयाँ पुगेको हो । फागुन अन्तिम साता भने अमला १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्