दाङ, १३ चैत । घोराही–तुलसीपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा बिहीबार राति रा २ प ७२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । सडक बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा दुर्घटना भएको हो ।










प्रतिक्रिया दिनुहोस्