काठमाडौँ, १३ चैत । काठमाडौँ लगायत केही स्थानमा वर्षा भइरहेको छ । पौने ४ बजेसम्म म्याग्दीमा सबैभन्दा धेरै वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार म्याग्दीको तातोपानी क्षेत्रमा पछिल्लो एक घण्टामा ३९.२ मिलिमिटर वर्षा भएको छ । दोलखामा ११.२ मिलिमिटर वर्षा भइसकेको छ ।
काठमाडौँमा पनि वर्षा सुरु भएको छ । अबको केही समय वर्षा हुनेछ । काठमाडौँमा आज मध्यम वर्षा हुने सम्भावना छ ।
काठमाडौँमा शनिबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।










प्रतिक्रिया दिनुहोस्