समाचार

कान्ति लोकपथ अवरुद्ध



हेटौंडा, १४ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ । 

शनिबार दिउँसो १ बजेतिर सडकमाथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल यातायात संचालनमा आउन सक्ने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईले बताए । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए ।