काठमाडौँ, २४ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ ।
यस दिन बजार २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको छ । घटेको बजारमा १७५ वटा कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । ८२ कम्पनीको मूल्य बढ्दा १२ वटा कम्पनीको मूल्य स्थिर छ ।
कुल ३४५ कम्पनीको एक करोड ७४ लाखभन्दा बढी कित्ता किनबेच हुँदा ६ अर्ब ७३ करोडको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेका अनुसार, यस दिन पाँचवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।










प्रतिक्रिया दिनुहोस्