अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।