काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् । गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा राति नै उनको मृत्यु भएको हो ।
उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्