काठमाडौँ, २ बैशाख । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको पहिलो दिन दिउँसो बगनासकाली गाउँपालिका-७, दैलातुङ्गस्थित नदीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए ।
बेपत्ता भएका बगनासकाली-९ बस्ने ३९ वर्षीय शरण भुसाल र सोही स्थानका २९ वर्षीय तोयनाथ बस्यालमध्ये बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा बस्यालको शव बुधबार बिहान घटनास्थल नजिकै नदीको बीच भागमा फेला परेको हो ।
यस्तै अर्का बेपत्ता भुषालको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्