काठमाडौँ, ३ बैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् ।
नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताए ।
अर्थमन्त्री डा वाग्लेले पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्