समाचार

दुई युवाको शव भेटियो 



पाल्पा, ३ बैशाख । पाल्पाको बगनासकाली गाउँपालिका–७, खानीगाउँस्थित कालीगण्डकी नदीमा मंगलबार डुबेर बेपत्ता भएका दुई युवाको शव भेटिएको छ ।

बगनासकाली गाउँपालिकाकै वडा नम्बर ९ को चन्द्र माध्यमिक विद्यालयका शिक्षक झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन) बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् भने बगनासकाली गाउँपालिका–९, चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसालको शव बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नयाँ वर्ष मनाउन कालीगण्डकी नदीको दैलातुङ गएका बेला पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए । मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएका थिए । वेपत्ता बस्याल चन्द्र मावि चापपनीमा इन्जियिनरतर्फका शिक्षक हुन् । भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए ।