काठमाडौँ, ३ बैशाख । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सरसफाइ गर्ने क्रममा आज गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ८ बजेतिर मेशको भान्साको माथिल्लो तलाको छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चौधरीको मृत्यु भएको हो ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्